काठमाडौं । करिब एकमहिना अघि काठमाडौंको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भएको अचानक मृत्युको एउटा घटना अहिले पनि सनसनीपूर्ण, आफन्तको लागि त्रासदिपूर्ण र उक्त अस्पतालको लागि टाउको दुखाई बनिरहेको छ ।
जो सुकैलाई पनि पर्नसक्ने यस्ता समस्यालाई अस्पतालले ढाकछोप र कुतर्क गर्नतिर नलागी भविष्यमा दोहोरिन नपाओस् भनी स्थायी समाधान गर्नुपर्छ, पीडित पक्षले उचित न्यायका साथ परिपूरण र लापरवाही गर्नेले कानुनी दण्ड पाउनुपर्छ भन्ने पीडित पक्षको माग सुनिन्छ ।
तेह्रथुमको फाक्चामारा गाउँपालिकामा प्रशासकीय अधिकृत रहेका ४५ वर्षीय देवेन्द्रबहादुर निरौला काम विशेषले काठमाडौं आएको बेला आफ्नो ग्यास्ट्रिकको बिमारको सामान्य नियमित जाँच गराउन, गत फागुन २० गते बिहान १० बजेतिर स्वयं हिडेर ह्याम्स अस्पतालमा पुगे । शरीरमा अन्य कुनै रोग वा समस्या थिएन । पेटको सामान्य जाँचपछि डाक्टरले अस्पतालमै भर्ना गरेर विस्तृत जाँच गर्नुपर्छ, अनपेक्षित रुपमा भनेपछि सहमत भई उनी विस्तृत जाँच गराउन भोलिपल्ट २१ फागुनका दिन सो अस्पतालमा भर्ना भए ।
हिंडडुल, बोलचाल, खानपिन आदि सामान्य अवस्थामै रहेका निज देवेन्द्र निरौलालाई अस्पतालमा राखेपछि कुन औषधी दिईयो र भर्ना भएर जाँचकै अवस्थामा मृत्यु हुन गयो । यसबारे सम्बन्धित डाक्टर तथा अन्य उपचारकर्मीहरूले केही बताउन नसक्नु नै रहस्यमय भएको छ । मृतकका आफन्तहरू यसलाई उपचारमा संलग्न डाक्टर र अन्य स्टाफको चरम लापरवाहीको परिणाम हो भनिरहेका छन् । फागुन २३ गते उक्त अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
मृतकका आफन्तहरूले प्रहरी कारवाहीको लागि जाहेरी गर्दै न्याय नपाउन्जेल लास नबुझ्ने अडान लिएपछि अस्पताल र पीडित पक्षबीच मृत्युको कारणको यथाशिघ्र विस्तृत छानबीन गर्ने र अन्य सबै कुराको हकमा प्रचलित कानुन बमोजिम चल्ने सहमति भएको थियो । हाल पनि यो मामिला सुल्झिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया