काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चिबहादुर केसि निर्वाचित भएका छन् । बिहीवार सम्पन्न जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा केसीसहित ४७ सदस्य निर्वाचित भएका हुन् ।
त्यस्तैगरी जनमोर्चाको कार्यबाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन् । भने प्रथम उपाध्यक्षमा जनक भट्ट, द्वितिय उपाध्यक्षमा प्रतिनिधि सभा सदस्य दुर्गा पौडेल निर्वाचित भएको स्रोतले जानकारी दिएको छ ।
त्यसैगरी सचिवमा हिमलाल पुरी, कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् । केन्द्रीय सदस्यहरूमा शंकर बराल, लालबहादुर थापा, कृष्णबहादुर खड्का, कमला जिसी, कल्याणी श्रेष्ठ, रत्नविक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्बर पुरी, लालबहादुर जाग्री, सोमकुमार कार्की, राजेन्द्र ढुङ्गाना लगायत निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया