आजको फलफूल र तरकारीको बजारभाउ : कुरीलो प्रतिकेजी ६५० रुपैयाँ (मूल्यसूची)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीवारका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसरा अनार प्रतिकेजी २९० रुपैयाँ, इमली प्रतिकेजी १४५ रुपैयाँ, अंगुर (कालो)प्रतिकेजी २१० रुपैयाँ,अदुवा प्रतिकेजी ७५ रुपैयाँ तोकिएको छ ।

यस्तै काउली (स्थानीय) प्रतिकेजी ६५ रुपैयाँ, कागती प्रतिकेजी २६० रुपैयाँ, किवि प्रतिकेजी ४२५ रुपैयाँ, किनु प्रतिकेजी १६५ रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी २७५ रुपैयाँ, कुरीलो प्रतिकेजी ६५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

सुकेको खुर्सानी प्रतिकेजी ३१० रुपैयाँ, कोइरालो प्रतिकेजी १५० रुपैयाँ, केरा दर्जन ११५ रुपैयाँ रहेको समितिले जनाएको छ ।

यस्तै गुन्दुक प्रतिकेजी २७५रुपैयाँ, च्याउ (कन्य) प्रतिकेजी २१० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकेजी ३१० रुपैयाँ, गोलभेडा सानो (टनेल) प्रतिकेजी ४२ रुपैयाँ, जिरीको साग प्रतिकेजी ७५ रुपैयाँ, नासपती (चाइनिज) प्रतिकेजी २४५ रुपैयाँ, भुई कटहर प्रति गोटा १२५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?