अमेरिकामा गोली प्रहारबाट ५ जनाको मृत्यु

लोकपथ
0
Shares

एजेन्सी । अमेरिकाको दक्षिण क्यारोलिनामा गोली प्रहारबाट ५ जनाको मृत्यु भएको छ । एक बन्दुकधारीको गोली प्रहारबाट एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार मृत्यु हुनेमा ७० वर्षीय रोबर्ट लेस्ली, उनका ६९ वर्षीय श्रीमती बार्बरा लेस्ली, ९ वर्षीय नाति र ५ वर्षीय नातिनी रहेका छन्। त्यस्तै उनको घरमा काम गर्ने ३८ वर्षीय जेम्स लेविसको गोली प्रहारबाट मृत्यु भएको हो।

गोली प्रहार गर्ने पूर्व फुटबल खेलाडी फिलिप आडम्स रहेको प्रहरीले जनाएको छ। हत्याराको खोजी गर्ने क्रममा प्रहरीसँगको भेटमा उनले आफैलाई गोली हानी मारेको प्रहरी अधिकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?