सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै

RSS
0
Shares

काठमाडौं । आज सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले विहान ११ बजे आईपीओ बाँडफाँड हुने जनाएको छ ।

कम्पनीले चैत्र ६ गते देखि चैत्र १० गते सम्म आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ९. ३४ गुणा बढी हो । अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पाउँने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?