वायु प्रदूषण : धेरै ठाउँको वायु अझै हानिकारक अवस्थामा

लोकपथ
0
Shares

काठमाडौं । केही दिन भयावह बन्दै गएको वायु प्रदूषण विस्तारै कम हुँदै गएको वातावरण विभागले जनाएको छ । वायु प्रदूषण अहिले अति हानिकारक अवस्थाबाट अस्वस्थ अवस्थामा झरेको विभागले जनाएको छ । केही दिनअघि नेपालको वायु प्रदूषण मापन गर्ने एक्यूआई ४ सय ७० सम्म पुगेको थियो । अहिले सुधार भएर १५० भन्दा तल झरेको छ ।

वायु प्रदूषण कम हुँदै गएको तर अस्वस्थ अवस्था अझै कायम भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् । वायु प्रदूषणको मात्रा मापन गर्ने एक्यूआई ३ सयभन्दा धेरै भएमा अति हानिकारक मानिन्छ । दुई सयभन्दा धेरै एक्यूआई भएमा त्यसलाई अति अस्वस्थ अवस्था मानिन्छ । हिजो नेपालको एक्यूआई दुई सयभन्दा माथि मापन गरिएको थियो ।

ठूलो पानी नपर्दासम्म अझै केही दिन प्रदूषण कायमै रहने सम्भावना छ । अहिले विश्वमा नेपालसहित चीनको सेङयाङ, पाकिस्तानको लाहोर, बङ्गलादेशको ढाका, भारतको दिल्लीलगायत ठाउँमा सबैभन्दा धेरै वायु प्रदूषण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?