रुसी सेना फिर्ता लिन पुटिनलाई मर्केलको आग्रह

लोकपथ
0
Shares

एजेन्सी । जर्मनले रुसलाई युक्रेनको सीमाबाट आफ्ना सेना फिर्ता लैजान आग्रह गरेको छ । जर्मन चान्स्लर एन्जेला मर्केलले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा रुसी सेना फितौ लिन आग्रह गरेको हो ।

रुसी सेनाका कारण युक्रेनमा द्वन्द्व बढेको भन्दै तत्काल सेना फिर्ता बोलाउन राष्ट्रपति पुटिनलाई मर्केलले आग्रह गरेको हो । सन् २०१४ अप्रिलमा सरकारी सुरक्षाकर्मीमाथि विद्रोहीले आक्रमण गरेदेखि सो क्षेत्रमा रुसी सेना तैनाथ छन् ।

यता अमेरिकाले नाटो सहयोगीहरूसँग रुसी सेनाको आन्दोलनका बारेमा छलफल गरिरहेका जनाएको छ । पछिला दिनहरूमा युक्रेनको सीमा क्षेत्रमा तनाव बढ्दै गएको छ । अघिल्लो हप्तामा विद्रोहीको आक्रमणमा पाँच जना रुसी सैनिकको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?