सुर्खेतमा लागेको डढेलोमा परी नौवटा घर जलेर नष्ट

सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका– २ स्थित सिस्नेरीमा आगलागी हुँदा नौवटा घर जलेर नष्ट भएका छन् ।

सिस्नेरी सामुदायिक वनमा भएको आगलागीमा परी नौवटा घर जलेर नष्ट भएको हो ।

वनमा लागेको आगो तत्काल नियन्त्रण गर्न नसक्दा नजिकै रहेको बस्तीमा समेत आगलागी पसेको थियो । दिउँसो ४ बजे शुरु भएको आगलागी करिब एक–डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?