कांग्रेसले प्रमुख तीन दलसँग छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले शुक्रवार प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शुक्रवार अपराह्न ३ बजेका लागि नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गरेका हुन् ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?