पोखरामा सवारी दुर्घटनाः एकको मृत्यु

पोखरा । पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका ३० शिशुवा चोकमा बिहीवार तीनवटा सवारीसाधन आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो ।

बेगनास तालबाट आउँदै गरेको ग १ ज २२५८ नं को ट्याक्सीले ग १२ प ४७०७ नं को स्कुटरलाई ठक्कर दिँदा विपरीत दिशातर्फ जाँदै गरेको ग १ त ४३०४ नं को ट्याक्टरमा ठक्कर खाँदा स्कुटरमा सवार व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?