नयाँ क्रान्तिका लागि दस्तावेज लेख्दै छु : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ क्रान्ति र आन्दोलनका लागि दस्तावेज लेखिरहेको बताएका छन्। बिहीवार सुर्खेतमा आयोजित महिला भेलालाई सम्बोधन गर्दै उनले अब नयाँ अभियानसाथ अगाडि जाने जमर्को गरिरहेको बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘म ऊर्जा लिएर काठमाडौं जाँदैछु। दस्तावेज तयार पार्दैछु।’ उनले फेरि नयाँ क्रान्ति र नयाँ आन्दोलनका लागि नयाँ अभियान लिएर जाने जमर्को गरिरहेको बताए। उनले सरकार परिवर्तनका बैठकहरू निरन्तर चलिरहेको भन्दै त्यसलाई छिटो निष्कर्षमा पु-याइने उनले बताए ।

प्रतिक्रियावादीहरूले हेप्न थालेको र उपलब्धि खोस्न खोजेको प्रचण्डले आफ्नो अन्तिम सास रहेसम्म लड्ने बताए। देशमा प्रतिक्रान्तिको खतराका घण्टी बजिरहेको भन्दै सबै परिवर्तनकारी शक्तिहरु एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए । त्यसका लागि महिलाहरुले विद्रोहको झण्डासहित उत्रिनुपर्ने उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?