२०७७, २६ चैत्र बिहीवार १७:५६

नबिल बैंकको ‘नयाँ रहर, नयाँ अफर’, यस्ता छन् सुविधा


प्रकाशित मिति : २०७७, २६ चैत्र बिहीवार १७:५६

काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा नबिल बैंकले क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।

बैंकका ग्राहकले यहि चैत २९ गते देखि २०७८ वैशाख ७ गतेसम्म दराज अनलाइनमा डेबिट कार्डमार्फत सपिङ गर्दा १५ प्रतिशत छुट वा अधिकतम १ हजारसम्मको क्यास ब्याक पाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकको क्रेडिट कार्डमार्फत सपिङ गर्दा २० प्रतिशत छुट वा अधिकतम १ हजार ५ सयसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

उक्त अफर शुरू हुन मात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत उक्त अफरको लाभ लिई ढुक्क हुन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस