नेपालमा कोरोना जोखिम बढ्दो : आज पनि थपिए ३३२ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ ।

यसअघि बुधवार ३ सय ३९ जना र मंगलवार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७९ जना कोरोना संक्रमणमुक्त भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृतक हुनेको संख्या शून्य रहेको छ । हाल नेपालमा कोरोनाका सक्रिए संक्रमितको संख्या २ हजार ४ सय ५४ रहेको छ । हालसम्म नेपालमा कोरोनाको कारण ३ हजार ३८ जनाको ज्यान गएको छ । मन्त्रालयमा अनुसार हाल नेपालमा ७७ जना क्वारेन्टाइनमा रहेका छन् भने हालसम्म २३ लाख २ हजार १ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?