सिद्धार्थ बैंकद्धारा नेपाल आँखा अस्पताललाई ५ लाख आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल आँखा अस्पताललाई टोकन सिष्टम लागू गर्न आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंकले बिहीवार त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई स्वरुप पाँच लाख प्रदान गरेको हो ।

आज एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) शम्भु नाथ गौतमले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरे ।

बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले अस्पतालमा आउने सेवाग्राहीहरुको सुविधा तथा छिटो छरितो सेवा प्रदान गर्नको लागि अस्पतालका विभिन्न ब्लकहरुमा टोकन सिष्टम लागू गर्न उपयोग गर्ने जनाएको छ ।

उक्त सिष्टमले अस्पतालमा व्यवस्थित रुपमा सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिंदै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?