तरुनो स्वरसँग मेरो बुढो स्वर मेल खाला कि नखाला ? : मदनकृष्ण श्रेष्ठ

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र ‘फूलबुट्टे सारी’ बोलको गीत गाएर चर्चामा आएकी युगान्डाकी गायिका बियोन्सी मिलेर गित गाउने भएका छन् । मदनकृष्ण र बियोन्सीले नेपाली युगल गित गाउने भएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले सो कुराको जानकारी दिएका हुन् । उनले लेखेका छन् ‘अब बियोन्सी र म मिलेर अर्को एउटा यूगल गीत गाउने तरखरमा छौं । बियोन्सीको तरुणी स्वरसंग मेरो बुढो स्वर मेल खाला कि नखाला खै… ।’

बियोन्सीको गीत सुनेपछि मदनकृष्णले उनलाई भेटेका थिए । मदनकृष्णले गाएको फूलबुट्टे सारीको लेजेन्ड्री भर्सनको गीत सुनेपछि बियोन्सीले पनि सो गित गाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?