काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले पार्टी पूर्ववत् रुपमा फर्किएपनि विभिन्न समितिहरुमा नेकपा नै भएको भन्दै आपत्ति जनाएका छन् ।
आज बसेको संसद बैठकको शुरुमै बोल्दै सांसद अधिकारीले त्यस्तो आपत्ति जनाएका हुन् ।
‘पार्टी पूर्वावत् रुपमा फर्किएपनि हामी अहिलेपनि विभिन्न समितिहरुमा जाँदा नेकपा नै भएर बस्नुपरेको छ ।’ उनले भने । ‘हामी अवैधानिक रुपमा नेकपा हुन चाहदैनौँ ।’
उनले सदनले आजैको बैठकबाट उक्त समस्याको हल गर्न आग्रह गरे ।
यसैगरी सभामुख अग्नीप्रसाद सापकोटाले सभामा उक्त विषयमा छलफल गर्ने जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया