कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

शुक्रवार पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक स्थगित गरिएको र अर्को बैठक चैत ३० गतेका लागि तय गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत्र २७ गते शुक्रवार बस्ने भनिएको बैठक, २०७७ चैत्र ३० गते सोमबार दिनको २ः०० बजे बस्ने भएको छ ।

सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?