न्यूजिल्याण्डले लगायो भारतबाट जानेलाई प्रतिबन्ध

काठमाडौं । न्यूजिल्याण्डले भारतबाट जाने आफ्ना नागरिक साथै सबै यात्रुलाई प्रवेशमा रोक लगाएको छ । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै न्यूजिल्याण्डले भारतबाट जाने सबै यात्रुलाई प्रतिबन्ध लगाएको हो ।

यो नियम ११ अप्रिल साँझ ४ बजे देखि २८ अप्रिलसम्म लागू हुने छ ।
न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले पत्रकारहरुसँग कुरा गर्दै भारतबाट आउने यात्रीहरूको लागि अर्डर्नले अस्थायी प्रतिबन्ध लगाएको जनाएकी हुन् ।

न्यूजिल्याण्डमा प्रवेश गर्ने २३ जना नयाँ कोरोना संक्रमित भेटिएकामध्ये १७ जना भारतबाट गएकारण सो निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?