ललितपुरमा पत्रकार महासंघको निर्वाचन : अध्यक्षमा सागर न्यौपाने विजयी (नामावलीसहित)

काठमाडौं । नेपाल पत्रकार महासंघको ललितपुर शाखाको निर्वाचनमा सागर न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन् ।

न्यौपानेले २ सय ६७ मत ल्याँउदै उनका प्रतिष्पर्धीहरु बालमुकुन्द आचार्य र सिर्जना तिम्सीनालाई पराजित गरेका हुन् । न्यौपानेले २६७ मत ल्याउँदा आचार्यले ६६ र तिम्सीनाले ४२ मत ल्याएकी हुन् ।

त्यस्तै उपाध्यक्षमा रनसुर मतहरा निर्वाचित भएका छन् । मतहराले २ सय ३३ मत ल्याउँदै उनका निकटतम प्रतिद्वन्दी धनश्याम धमलालाई पराजित गरेका हुन् ।

त्यस्तै महिला उपाध्यक्षमा केशरी पुन थापा निर्विरोध निर्वाचित भएकी छिन् । त्यस्तै सचिवमा रामहरि कार्की , सहसचिवमा श्याम तण्डुकार निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?