कांग्रेस सभापति देउवाको गृहजिल्लामा युनियन पराजित

टेकसिँह धामी/ धनगढी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेस निकट प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचनमा हार बेहेर्नु परेको छ ।

सभापति देउवाको गृह जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको एमाले निकट प्रेस चौतारीका हिक्मत सिंह महासंघको डडेल्धुरा शाखामा अध्यक्षमा विजयी भएका छन् ।

युनियनका बरुण पनेरुलाई हराउँदै सिंह बिजयी भएका हुन् । उपाध्यक्षमा गणेश रोका र निर्मला भट्ट सचिवमा पुष्कर भण्डारी , कोषाध्यक्षमा ललित बोहरा , सह सचिवमा भूपेन्द्र बिष्ट र प्रकाश पार्की निर्वाचित भएका हुन् ।

सदस्यहरूमा क्रमशः टिकाराम साउद, हर्ष चन्द, आशिष मल्ल, भीम खत्री दीपक राज भट्ट, ममता भट्ट भक्त गाहामगर, विमल जैरु र भावना पौडेल विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?