सुनको मूल्य तोलामा एक हजार बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य तोलामा एक हजारले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।