मेयर कप : प्रदेश-१ द्वारा ललितपुरलाई १ सय २९ रनको लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश-१ ले ललितपुर मेयर्स-११ लाई जितका लागि १ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा २ विकेट गुमाएर १ सय २८ रनमा चित्त बुझायो ।

प्रदेश-१ का लागि रोमा थापाले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै अप्सरी बेगमले अविजित २६ रन जोडिन ।

कप्तान रुबिना क्षेत्रीले २१ रन बनाईन । काजल श्रेष्ठ ८ रनमा आउट भईन ।

ललितपुरकी सन्तोषी चौधरी र सरस्वती कुमारीले १र१ विकेट लिईन् ।

आज दुबै टिम दोस्रो जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

तीन खेलमा २ अंक जोडेको प्रदेश-१ तेस्रो र ललितपुर समान अंक सहित चौंथो स्थानमा रहेका छन् ।

दुबै टिम प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?