भारतमा एकै दिन १ लाख २६ हजार बढीमा कोरोना संक्रमण, ६८५ जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख २६ हजार ७ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड २९ लाख २८ हजार ५ सय ७४ पुगेको छ ।

सन् २०२१ लागेपछि त्यहाँ एक लाख भन्दा बढी संक्रमित भेटिएको यो तेस्रो पटक हो । हिजो बुधवार भारतमा १ लाख १५ हजार ७ सय ३६ जना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा भारतमा थप ६ सय ८५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८ सय ६२ पुगेको छ ।

भारतमा ५९ हजार २ सय ५८ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार ३ सय १९ रहेको छ ।

बुधवार भारतमा १२ लाख ३७ हजार ७सय ८१ वटा नमुना परिक्षण गरिएको थियो । हालसम्म त्यहाँ २५ करोड २६ लाख ७७ हजार ३ सय ७९ नमुना परिक्षण गरिसकिएको भारतीय चिकित्सा अनुसन्धान केन्द्रले जनाएको छ ।

भारतमा हालसम्म ९ करोड १ लाख ९८ हजार ६ सय ७३ जनालाई कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?