त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग भिड्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा आयोजना हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

टियु क्रिकेट मैदानमा आयोजना हुने टी-ट्वान्टी सिरिजको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग भिड्ने छ ।

क्रिकइन्फोको अनुसार नेपाल र नेदरल्याण्ड्सबीचको खेल बैशाख ४ गते हुनेछ । खेल दिउँसो २:१५ बजे शुरु हुनेछ ।

नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ गते भिड्ने छ । नेपालले तेस्रो खेल नेदरल्याण्ड्ससँग बैशाख ७ गते भिड्ने छ । ।

यस्तै नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग भिड्ने छ ।

फाइनल खेल बैशाख ११ गते हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?