काठमाडौं । नेपाल पत्रकार महासंघ नुवाकोट शाखाको अध्यक्षमा कपिलदेव खनाल निर्वाचित भएका छन् । खनालले उनका प्रतिद्न्दी नारायणप्रसाद नेपाललाई ६३ मतले पछाडी पार्दै निर्वाचित भएका हुन् ।
बुधवार सम्पन्न निर्वाचनमा खनालले १०१ मत ल्याउँदा नेपालले ४६ मत प्राप्त गरेका थिए ।
त्यसैगरी खनाल प्यानलबाटै उपाध्यक्षमा नवराज सुवेदी र जमुना गजुरेल निर्वाचित भएका छन् । सुवेदीले ८५ मत र गजुरेलले ९५ मत ल्याएर निर्वाचन जितेका हुन् ।
त्यस्तै महासचिवमा खनाल प्यानलकै सुरज सिलवाल, कोषाध्यक्षमा सुनिल विष्ट निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रविन दाहाल, सुजित भण्डारी, मुकुन्दराज अर्याल, हरिराम भेटवाल, राममणी अधिकारी, उषा रेग्मी, शालिकराम चालिसे र कृष्ण अधिकारी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया