फलफूल र तरकारीको बजारभाउ : अकबरे खुर्सानीको मूल्य २७५ रुपैयाँ (मूल्यसूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीवारका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसरा अंगुर (कालो) प्रतिकेजी १९० रुपैयाँ, अंगुर (हरियो) प्रतिकेजी ११० रुपैयाँ, अदुवा प्रतिकेजी ७५ रुपैयाँ तोकिएको छ ।

इमली प्रतिकेजी १५० रुपैयाँ, काउली (स्थानीय) प्रतिकेजी ६५ रुपैयाँ, काक्रो (लोकल) प्रतिकेजी ८५ रुपैयाँ, हरियो अकबरे खुर्सानी प्रतिकेजी २७५ रुपैयाँ , सुकेको खुर्सानी प्रतिकेजी ३१० रुपैयाँ, कागती प्रतिकेजी २७५ रुपैयाँ, कोइरालो प्रतिकेजी १५५रुपैयाँ, किवि प्रतिकेजी ३७५ रुपैयाँ, केरा दर्जन ११५ रुपैयाँ रहेको समितिले जनाएको छ ।

यस्तै गुन्दुक प्रतिकेजी २३५ रुपैयाँ, च्याउ (कन्य) प्रतिकेजी २३५ रुपैयाँ, च्याउ (डल्ले) प्रतिकेजी ३७५ रुपैयाँ, गोलभेडा सानो (टनेल) प्रतिकेजी ४५ रुपैयाँ, ताजा माछा (छडी) प्रतिकेजी २२५ रुपैयाँ, जिरीको साग प्रतिकेजी ५५ रुपैयाँ, तितो करेला प्रतिकेजी ६५ रुपैयाँ, तामा प्रतिकेजी ९५ रुपैयाँ, पुदीना प्रतिकेजी १३५ रुपैयाँ, भुई कटहर प्रति गोटा १२५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?