एमबाप्पेको दुई गोलमा पीएसजी विजयी

लोकपथ
0
Shares

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ ।

बुधवार राति भएको खेलमा पीएसजीले बायर्न म्युनिखलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

Image

बायर्नको मैदानमा तेस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीको अग्रता २-० को बनाए ।

Image

खेलको ३७ औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई २-१ को स्थितिमा ल्याए । ६० औं मिनेटमा मुलरले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।

तर, खेलको ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-२ को जित दिलाए । पीएसजीको मैदानमा हुने दोस्रो लेग अप्रिल १३ मा हुनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?