एनभीए भलिबल च्याम्पियनसिप : उपाधिका लागि न्यु डाईमण्ड र पुलिस भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आज महिला र पुरुष दुबै तर्फको फाइनल खेल हुनेछ ।

महिलातर्फको फाइनलमा न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । महिलाको फाइनल खेल दिउसो २:३० बजे शुरु हुनेछ ।

पुरुषतर्फको फाइनलमा हेल्प नेपाल र एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ । पुरुषको फाइनल खेल ११:३० बजे शुरु हुनेछ ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?