च्याम्पियन्स लिग : चेल्सीको सहज जित

लोकपथ
0
Shares

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले सहज जित हात पारेको छ ।

बुधवार राति भएको खेलमा चेल्सीले पोर्चुगिज क्लब पोर्टोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन मासन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे । खेलको ३२ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई शसरुवाती अग्रता दिलाएका थिए ।

Image

त्यसपछि खेलको ८५ औं मिनेट चिलवेलले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए । जितसँगै चेल्सीले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पोर्टोलाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ । चेल्सी र पोर्टोबीचको दोस्रो लेग अप्रिल १३ मा हुनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?