पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित

लोकपथ
0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वीलाई ३ मतको अन्तरले पराजित गरेका हुन् ।

बिहीवार बिहान सम्पन्न मतगणनाको नतिजा निर्वाचनमा पौडेलले ३० मत ल्याएरका थिए भने उनका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्यले २७ मत प्राप्त गरेका थिए । निर्वाचित पौडेल प्रेस चौतारीका तर्फबाट उमेदवार बनेका थिए ।

पत्रकार महासंघ म्याग्दीका कुल ६२ जना मतदाता मध्य ५८ मत खसेको थियो । त्यसैगरी उपाध्यक्षमा हरिकृष्ण गौतमले (२९ मत), महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री (३०), सचिवमा सन्तोष गौतम (२९), कोषाध्यक्षमा अमित बिश्वकर्मा (३०), सहसचिवमा प्रमोद शर्मा (३२), समावेशी सहसचिवमा साधन घर्ति राम्जाली (२९) मत पाएर निर्वाचित भएका छन् ।

यसैगरी खुल्ला सदस्यतर्फ कृष्ण जिसी (३२), सन्दिप खत्री (३१), कमल खत्री, अमृत बास्कुने, सन्दिप शर्मा रिजालले ३०÷३० मत प्राप्त गरेर विजयी भएका छन् ।

दलित सदस्यमा पदम बिश्वकर्माले (३०), समावेशी सदस्यमा नजराना सिंह ठकुरीले २९ मत ल्याएर बिजयी भएका छन्।

आचार्यको समूहबाट मनोनयन दर्ता गरेका सविता बानियाँ र धु्रवसागर शर्मा केन्द्रिय परिषद् सदस्यमा निर्विरोध भएका छन् । त्यसैगरि महिला सदस्य पदमा आचार्य समूहकी जेनिसा पुरी निर्विरोध भएकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार सुदर्शनकुमार श्रेष्ठ निर्विरोध भएका थिए भने प्रदेश परिषद सदस्यमा निर्मल खत्री, बिक्रम बोगटी, अमर बानिया र देवीप्रसाद शर्मा निर्बिरोध भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?