रोनाल्डोको गोलमा युभेन्टस विजय, नापोली स्तब्ध !

लोकपथ
0
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हात पारेको छ । बुधवार राति भएको खेलमा युभेन्टसले नापोलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

खेलको ७३ औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै युभेन्टसको अग्रता २-० को बनाए ।

Image

त्यसपछि खेलको इन्जुरी समयमा नापोलीका लोरेन्जोले पेनाल्टीमा एक गोल फर्काएपनि युभेन्टस २-१ ले विजयी भयो ।

जितपछि युभेन्टसले २९ खेलमा ५९ अंक जोडेको छ । युभेन्टस लिगको तेस्रो स्थानमा रहेको छ ।

नापोली ५६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?