म्यानमारका राजदूतलाई दूतावास प्रवेशमा रोक

लोकपथ
0
Shares

काठमाडौं । बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई राजदूतावास भित्र प्रवेशमा रोकिएको छ । सैन्य शासनको विरोध गर्दै आएका मिनले आफ्नै दूतावास प्रवेश गर्न नपाएका बीबीसीले जनाएको छ ।

उनले दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई भित्र प्रवेश गर्न नदिइएको बताए । अन्य कर्मचारी भित्रै रहेका बेला आफूलाई घण्टौंसम्म पनि प्रवेश गर्न नदिइएको उनले बताए ।

फेब्रुअरी १ तारिखमा म्यानमारका सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई हिरासतमा लिएपछि बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनले विरोध गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?