पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गर्दै

लोकपथ
0
Shares

काठमडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह भारतको दिल्ली प्रस्थान गर्दै छन् ।

भारतको हरिद्वारमा हुने महाकुम्भ मेलामा सहभागी हुन पूर्व राजा दम्पती आज नेपाल वायु सेवा निगमको विमानबाट भारत जान लागेको निर्मला निवास स्रोतले जनाएको छ ।

चैत ३० गते मौनी अमावश्यको शुभमुहूर्तमा त्यहाँ शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन मेला आयोजकका तर्फबाट आएको निमन्त्रणालाई स्वीकार गर्दै पूर्व राज दम्पती हरिद्वार जान लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?