प्रतिनिधि सभा बैठक १ बजे बस्दै, यस्तो छ कार्यसूची

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठकमा सूचना प्रविधि सम्बन्धी विद्येयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विद्येयक बैठकमा पेश हुन लागेको हो ।

विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विद्येयक पेश गर्ने कार्यतालिका रहेको छ । कांग्रेस बाहेकका सांसदको बहुमतबाट पारित गरेको प्रतिवेदन आज सदनमा पेश गर्न लागेको हो ।

संसदमा पेश भएको विद्येयक अड्किएपछि सरकारले विद्येयकमा भएकै प्रावधान राखेर छुट्टै निर्देशिका ल्याउने प्रयाससमेत गरेको थियो । त्यसको चौतर्फी विरोध भएपछि सरकार पछि हटेको थियो ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पुर्वसांसद ऐश्वर्यलाल प्रधानाङगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?