६ अर्ब ८८ लाखको आईपीओ आउँदै

लोकपथ
0
Shares

काठमाडौं । नेपाली शेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । यहि बेला थप १६ वटा कम्पनीले प्राथमिक शेयर  (आईपीओ) निष्कासन गर्ने तयारी थालेका छन् ।

ती कम्पनीहरुले आईपीओ निष्कासनको अनुमतिका लागि कम्पनी नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र शेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १६ कम्पनीले ५ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बराबरको ५ करोड ८८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने जनाएका छन् ।

तीमध्ये १३ वटा जलविद्युत् र ३ वटा अन्य समूहअन्तर्गतका कम्पनी छन् । जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?