गण्डकी प्रदेश सरकारका २ मन्त्रीले दिए राजीनामा

लोकपथ
0
Shares
तस्वीरः विक्रम न्यौपाने

कास्की । गण्डकी प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रका मन्त्रीद्वय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मन्त्रीद्वयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन् । चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री थिए भने थापा कृषिमन्त्री थिए ।

मन्त्रीबाट राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै रहने संसदीय दलका नेतासमेत रहेका चुमानले बताए । मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाउँदै चुमनलेसँगै काम गर्ने रहर हुँदाहुँदै पनि पार्टीको निर्णयअनुसार बाहिरिनु परेको उनले बताए । यो खबर आजको समाचार पत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?