न्यौपाने नेतृत्वको गठबन्धन प्यानल विजयी

लोकपथ
0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको निर्वाचनमा सागर न्यौपानेको प्यानल विजयी भएको छ । बिहीवार विहान सम्पन्न भएको मतगणनामा न्यौपाने नेतृत्वको गठबन्धन प्यानल विजयी भएको हो । अध्यक्षमा सागर न्यौपाने, उपाध्यक्षमा रनसुर महतारा, सचिवमा रामहरि कार्की र सहसचिवमा रविन राई विजयी भएका हुन् ।

त्यस्तै, कोषाध्यक्षमा राजु बस्नेत, सदस्यहरूमा गोमा पाण्डे, दिपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?