भारतमा थप ९७ हजार जनामा कोरोना संक्रमण

भारतमा कोरोना भाइरसबाट थप ९७ हजार संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधवार जनाएको छ ।

तीमध्ये ९६ हजार ९८२ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा ४४६ जनाको कोरोनाका कारण निधन भएको छ । योसँगै कूल मृतकको सङ्ख्या एक लाख ६५ हजार ५४७ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतमा अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै गत सोमबार एक लाख तीन हजार ५५८ जना सङ्क्रमित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?