राष्ट्रिय क्रिकेट टोलीले लगायो कोभिड विरुद्धको खोप

RSS
0
Shares

काठमाडौं । नेपाली राष्ट्रि«य क्रिकेट टोलीका सदस्यहरुले आज कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

नेपाल सरकारले दोश्रो चरण अन्तर्गत व्यवस्था गरेको कोराना विरुद्धको राष्ट्र«व्यापी अभियान अन्तर्गत यो खोप लगाएका हुन । उनीहरुले आज अपराह्न काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरस्थित खोप केन्द्रमा पुगेर खोप लगाएका हुन् ।

जिल्ला जनस्वास्थ्य काठमाडौंको पहल तथा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा सञ्चालित खोप कार्यक्रममा आज खोप लगाउने राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुमा पूर्व कप्तान पारस खड्का, क्याप्टेन ज्ञानेन्द्र मल्ल, खेलाडीहरु सन्दिप लामिछाने, सोमपाल कामी, विनोद भण्डारी, मोः आरिफ शेख, करण के.सी., सुशन भारी, अविनाश वोहोरा, कमल सिंह ऐरी, ललित नारायण राजवंशी, लोकेश बहादुर बम, कुशल मल्ल, सन्दिप जोरा, दिपेन्द सिंह ऐरी, कुशल भुर्तेल, मोः असिफ शेख, शाहव आलम, पवन शराफ लगायतले चीन सरकारबाट प्राप्त भेरो सेल खोप लगाएका हुन् ।

नेपाल सरकारले १८ देखि ५९ वर्ष उमेर समूहलाई लक्षित गरी चलाएको खोप अभियानमा यस पटक युवाहरुलाई विशेष प्राथमिकतामा राखिएको छ । जसमा खास गरी उच्च शिक्षाका लागि चीनका विश्वविद्यालयमा अध्ययन गर्न जाने तथा चीनबाट अध्ययन गरी नेपाल फर्किएका र नेपालमा बसोबास गर्नेहरुलाई समेत प्राथमिकतामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?