बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का (बिस्केट) जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ।

आज सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्काः जात्रा नगर्न गरेको निर्णयविरुद्ध अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए।

कोरोना भाइरसको जोखिम बढेको भन्दै प्रशासनले जात्रा रोक्न आदेश जारी गरेको थियो । अदालतले स्वास्थ्य मापदण्ड पालना गरेर जात्रा सञ्चालन गर्न आदेश जारी गरेसँगै २८ चैत्रबाट भक्तपुरमा बिस्काः जात्रा हुने निश्चित भएको छ ।

यसैबीच भक्तपुर नगरपालिकाले सभ्य र शान्तिपूर्ण तरिकाले जात्रा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । बिस्का जात्रा चैत २८ बाट हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?