‘प्रचण्डले मेरो मतदातालाई अपमान गरेर अपराध गरे’- मन्त्री साह

काठमाडौँ-  शहरी विकासमन्त्री प्रभु साहले जनताबाट निर्वाचित सांसदको पद खोसेर प्रचण्डले मतदाताको अपमान गर्ने अपराध गरेको बताएका छन्। मङ्गलवार प्रचण्डले मन्त्री साहसहित ४ जना सांसदलाई पदमुक्त गरेपछि प्रतिक्रिया जनाउदै मन्त्री साहले चुनाव जिताउन केही योगदान नगरेको प्रचण्डले आफूलाई पदमुक्त गर्न कुनै पनि नैतिकताले नमिल्ने बताए।

तीन पटक चुनाव जित्दासमेत आफ्नो चुनावमा कहिले पनि प्रचण्डको उपस्थिति, घोषणापत्र वा पोस्टर केहि पनि प्रयोग नगरेको बताउदै मन्त्री साहले आफ्नो व्यक्तित्व र मतदाताको विश्वासको बलमा चुनाव जितेको जनप्रतिनिधिलाई हटाउने प्रचण्डको कदमले जनताको मत र लोकतन्त्रको अपमान भएको जीकिर गरे।

“मैले अहिलेसम्म तीन पटक चुनाव जितेको छु । कुनै पनि चुनावमा न त प्रचण्डलाई आफ्नो क्षेत्रमा लगेँ, न त प्रचण्डको घोषणा पत्र न त पोस्टर नै प्रयोग गरेको हुँ । आफ्नो व्यक्तित्व र जनताको विश्वासले चुनाव जितेको छु । आफु एक मत पनि बढाउन नसक्ने प्रचण्डहरुले जनताको मतबाट निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गर्ने कुन नैतिकताले दिन्छ ?” मन्त्री साहले भने, “जनताको मतादेशको कदर गर्न नसक्नेले लोकतन्त्र, विधि र पद्दतिको कुरा गर्न सुहाँदैन । प्रचण्डको यो कदमले मेरो मतदाताको अपमान भएको छ, यो ठूलो अपराध हो ।”

आफ्नो प्रभावले एक मत पनि बढाउन नसक्ने प्रचण्ड हजारौँ मतदाताको साथबाट निर्वाचित सांसद पदको मालिक हुन खोज्नु हास्यास्पद रहेको मन्त्री साहको जीकिर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?