२०७७, २५ चैत्र बुधबार १७:५५

देशभर रहेका बाल संगठनका विषयमा उठ्यो प्रश्न


प्रकाशित मिति : २०७७, २५ चैत्र बुधबार १७:५५

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनको देशभरी रहेका पदाधिकारीहरुको सदाचारितामा प्रश्न उठाएको छ ।

संघीय संसद प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनको नक्सालको बालमन्दिर र सिफलमा रहेको संरक्षण गृहको स्थलगत भ्रमणपछि संगठनको पदाधिकारीको सदाचारितामा खोट देखाएको हो ।

समिति सभापति निरुदेवी पालको नेतृत्वमा भएको स्थलगत भ्रमणमा बाल संगठनको केन्द्रदेखि जिल्ला स्तरसम्म रहेका संरचनामा अव्यवस्था, जमिन घर भाडामा दिंदा अपारदर्शी सम्झौता गरेको, संगठन आफैसँग चल अचल सम्पत्ति पर्याप्त भएर पनि निर्वाहमुखी भएको पाइएको छ ।

आज बुधवार महिला समितिको बैठकमा स्थलगत भ्रमणको प्रतिवेदन पारित गर्दै समिति सभापति पालले प्रतिवेदनलाई केन्द्रीय बालकल्याण समिति र महिला बालबालिका मन्त्रालय पठाउने बताए ।

समितिले पास गरेको प्रतिवेदनमा मुख्य गरि बालसंगठनको चल अचल सम्पत्तिको तथ्याङ्क राख्ने, दुराशयपुर्ण सम्झौताहरुलाई पुर्नमुल्याङ्कन गर्नुपर्ने, बालगृहमा रहेका बालबालिकालाई धर्मपुत्र, धर्मपुत्रीको रुपमा दिने सम्बन्धी सम्पुर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने सुझाव दिएको छ ।

यस्तै प्रतिवेदनमा बालगृहका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको व्यवस्थित प्रबन्ध मिलाउने र घरपरिवार भेटिएका बालबालिकाको पुनर्मिलन गराउनुपर्ने सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस