२० मङ्सिर २०८०, बुधबार

यस्ता छन् डा. केसीका चार माग

२०७४,आश्विन,२०,शुक्रवार ००:५२

0
Shares

काठमाडौँ, २० असोज- चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. गोविन्द केसीले १३औँ पटक अनशन सुरु गरेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम व्यवसायीकरण भएको र चिकित्सा शिक्षा विधेयक आफूले भनेको भन्दा बिगारेर ल्याउन लागेको भन्दै उनी बिहीबारदेखि अनशन बसेका हुन्, नयाँ पत्रिकामा खबर छ ।यस्ता छन् डा. केसीका चार माग१. माथेमा प्रतिवेदन तथा हाम्रा सुझाबअनुरूप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने ।२. एमबिबिएसका लागि सरकारले तोकेको भन्दा दशौँ लाख बढी शुल्क अवैध रूपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गरी सरकारले तोकेबमोजिम एमबिबिएसका लागि ३८ लाख ५० हजार (काठमाडौं उपत्यकाभित्र), ४२ लाख ४५ हजार (उपत्यकाबाहिर) तथा बिडिएसका लागि १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ कायम गर्नुपर्ने ।३. बर्खास्त गरिएका आयल निगमका प्रमुखमाथि छानबिन गरेर उनले हिनामिना गरेको अर्बौँ रुपैयाँ असुलउपर गर्दै कारबाही गर्नुपर्ने ।४. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन–अध्यापन सुरु गर्ने गरी बजेट तथा अन्य व्यवस्था गर्नुपर्ने । कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम शीघ्र अघि बढाउनुपर्ने । डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–तेह्रथुम आदि ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ००:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार