काठमाडौं । नुवाकोट पञ्चकन्या गाउँपालिका २ नम्बर वडा कार्यालयमा चोरी भएको छ ।
पञ्चकन्या गाउँपालिका २ पुरानोडाँडास्थित २ नम्बर वडा कार्यालय भवनबाट नगद ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ र ३२ ईन्चको १ थान सिसिटिभीको मोनिटर गएराति चोरी भएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोट र ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको बताएको छ ।
साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया