ओरालो लाग्यो शेयर बजार : सात उपसमूहहरुको कारोबार घट्यो

काठमाडौं । बुधवार शेयर बजार २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ ।

नेप्से ओरालो लागेपनि कारोबार भने समारात्मक भएको छ । बुधवार ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ६५ लाख ९३ हजार ५ सय १ कित्ता शेयर किनबेच भएको छ ।

यस अवधीमा कारोबारमा आएका उपसमूहरुमध्ये टे«डिङ,हाइड्रो पावर,निर्जीवन बीमा कम्पनी,उत्पादनमुलक क्षेत्र,अन्य जीवन बीमा कम्पनी र लगानी क्षेत्रको कारोबार घटेको छ भने अन्य क्षेत्रको कारोबार बढेको छ । बुधबार २१५ कम्पनीले ७६ हजार कारोबार गरेका छन् ।

आज कारोबार गर्ने गुमाउनेमा रैराङ हाइड्रोपावरको ७.२६ प्रतिशतले,युनाइटेड इदिमर्दी हाइड्रोपावरको ६.०६ प्रतिशतले मुल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?