काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीका कारण नै सरकार अयोग्य सावित हुने बताएका छन् ।
आज बसेको गण्डकी प्रदेशको सातौँ अधिवेशन अन्तर्गतको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री गुरुङले त्यस्तो बताएका हुन् ।
‘पार्टी र दलको अन्तरसम्बन्ध कहाँ हो त्यो छुट्याउनुपर्छ । पार्टीको कारणले सरकार अयोग्य सावित हुन्छ । मुलुक आज ईगो क्राइसिसमा परेका कारण मुलुक अन्धकारतिर गइरहेको छ ।’ मुख्यमन्त्री गुरुङले भने ।
त्यस्तै नेपाल संघीय लोकतान्त्रीक गणतन्त्रमा गएपनि व्यवस्था चाँही रुसी मोडेलमा गएको बताए । संघीयतालाई बलियो बनाउनका लागि सबै दलहरुले छलफल चलाउनुपर्नेमा जोड दिएका छन् ।
मुख्यमन्त्री गुरुङले भने, ‘सबै पार्टीले छलफल चलाउनु पर्छ । व्यवस्था चाँही संघीय लोकतान्त्रीक गणतन्त्रको तर रुसी मोडेलको काम गर्ने । पार्टी ठूलो कि सरकार ठू्रलो भन्ने विषयमा छलफल चलाउनुपर्छ ।’
प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लक्षित गर्दै धेरै नेताहरु भ्रष्ट्राचारमा लिप्त भएको आरोप लगाउका छन् ।
प्रदेश सभाको अर्को बैठक भोलि (बिहीवार) दिउँसो १ बजे बस्ने सभामुखले जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया