भेस्पाको काठमाडौं सुकुटे राइड : देशभर डिलर सञ्जाल विस्तार गर्ने घोषणा 

काठमाडौं । भेस्पाले आफ्ना ग्राहकलाई सिन्धुपाल्चोक सुकुटे राइडमा लगेको छ । कम्पनीले ग्राहकबीच सम्पर्क बढाउदै बजार व्यवस्थापनमा समेत सहयोग पुग्ने गरि भेस्पाको राइड आयोजना गरेको कम्पनीकी बजार प्रबन्धक करुणा पुडासैनीले बताइन् ।

कम्पनीले आफ्ना एक सय जना ग्राहकलाई काठमाडौं सुकुटे राइड लगेको थियो ।

सुकुटे राइडको दौरान आयोजित कार्यक्रममा एमभी ग्रुपले आगामी आषाढ मसान्तभित्र आफ्नो डिलर संजाल विस्तार गर्दै देशभर ५० वटा डिलर थप्ने घोषणा गरेको छ । कम्पनीले आगामी दिनमा बजार व्यवस्थापन अझ चुस्त बनाउन लागिपरेको कम्पनीका उपाध्यक्ष विजय महतोले बताए ।

पछिल्ला केहि वर्षयता बजार मागको आवस्यकता अनुसार अघिल्ला केहि वर्षहरुभन्दा दोब्बरले माग बढ्ने आंकलन कम्पनीको छ ।

उपाध्यक्ष महतोले साना साना सहरहरुमा पनि आफ्नो डिलर सञ्जाल फैलाएर आफ्ना ग्राहकहरुलाई सेल्स मात्रै नभएर थ्री एस सर्भिस : सेल्स, सर्भिस तथा स्पेयर्स तीन वटै सुविधा पुर्‍याएर ग्राहकहरुको मन जित्ने विश्वास लिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?