गण्डकी प्रदेशका २ मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा पत्र

काठमाडौं । गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।

आज प्रदेशका दुई मन्त्रीहरुले मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा पत्र बुझाएका छन् ।

मन्त्रीद्वय हरिबहादुर चुमान र लेखबहादुर थापाले मुख्यमन्त्री गुरुङ समक्ष राजीनामा बुझाएका हुन् ।

चुमान प्रदेश सभाको आन्तरिक मामिला तथा कानूनमन्त्री र थापा कृषि मन्त्री रहेका थिए ।

राजीनामा पत्र बुझाउँदै मन्त्री चुमानले अझैपनि सहकार्यको वातावरणको अपेक्षामा रहेको बताएका थिए ।

मन्त्रीहरु सरकारबाट बाहिरिएपनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

हाल गण्डकीमा ६० जना सांसद रहेका छन् । जसमध्ये एमालेको २८ जना, राष्ट्रिय जनमोर्चा रहेका छन् । भने बाँकी माओवादीसहित अन्य दलका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?