काठमाडौं । आज (बुधवार) एएफसी कप अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्बल र पाहुना टोली श्रीलंकन पुलिस स्पोर्ट्स क्लब खेल्दै छन् ।
एएफसी कप २०२१ शुरुवाती छनोट चरणको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजेदेखि शुरु हुनेछ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले लासेन्स पाएपछि आर्मीले एसियाली क्लब प्रतियोगिता खेल्न थालेको यो पहिलो पल्ट हो ।
यसअघि मनाङ मर्स्याङ्दी ०७१ को विजेताका रूपमा एएफसी प्रेसिडेन्ट्सकप खेलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया