बलिउड अभिनेत्री कट्रिना कैफलाई कोरोना संक्रमण

काठमाडौं–पछिल्लो समय बलिउड कलाकारहरुलाई कोरोना संक्रमण देखिने क्रम जारी छ । यसैक्रममा अभिनेत्री कट्रिना कैफ पनि कोरोना संक्रमणको चपेटामा परेकी छिन् ।

उनले आफूलाई कोरोना संक्रमण भएको कुरा इन्स्टाग्राम पोस्टमार्फत् जानकारी दिएकी हुन् । उनले लेखेकी छिन् ,​‘मेरो कोभिड–१९ टेस्ट पोजेटिभ आएको छ । आफूलाई आइसोलेट गरेकी छु र घरमै क्वारेन्टाइनमा छु । डाक्टरको सल्लाह अनुसार प्रोटोकल पालना गरिरहेकी छु । मेरो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफ्नो टेस्ट गराउन अनुरोध गर्दछु ।’

पछिल्लो दिनमा महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ ।
कलाकार अक्षय कुमार, विक्की कौशल र भूमि पेडनेकरपछि कट्रिना कोरोना संक्रमणको चपेटामा परेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?